Comments Add Comment

नयाँ बर्षलाई स्वागत गर्ने अनौठो कर्पोरेट शैली: युनाइटेड सिमेन्टले गर्‍यो रथारोहण

काठमाडौं । नयाँ बर्षलाई स्वागत गर्ने बिभिन्न स्थापित कर्पोरेट शैलीहरु छन् । तर, नेपालको एउटा सिमेन्ट ब्राण्डले भने परम्परागत रथ आरोहणको प्रयोग गर्दै नयाँ बर्षलाई स्वागत गरेर कर्पोरेट शैलीमा धार्मिक रंग छरिदिएको छ ।

शुक्रबार नयाँवर्ष २०७४ को पहिलो दिन शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो ।

बसन्तपुरबाट शुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँवर्षको शुभकामना कार्ड सहित शुभकामना अदान-प्रदान गरिएको थियो ।

यस्तो किसिमको शुभकामना सन्देशमुलक रथारोहण कार्यक्रम प्रथम पटक यूनाइटेड सिमेन्ट्सले आयोजना गरेको र यो कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने दाबि कम्पनीले गरेको छ ।

उच्च गुणस्तरको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ ।

यूनाइटेड सिमेन्टसको ललितपुरको लेलेमा आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment