Comments Add Comment

१२० वर्षीया हजुरआमा भन्छिन् – जनताका मर्का बुझ्नेलाई भोट, नबुझ्नेलाई चोट

४ वैशाख, काठमाडौं । जाजरकोट भेरी नगरपालिका ६ भेरेकी एक सय २० वर्षीया भीमा वली वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर छिन् । यतिबेला उनको साथी बनेको रेडियो छ । रेडियोमा दैनिक समाचार सुन्छिन् । राजनीतिमा निकै चासो छ ।

उनी भन्छिन्, ‘जनताको पीरमर्का बुझ्ने इमान्दार नेतालाई भोट दिन्छु ।’ राणा शासनसमेत भोगेकी उनी प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा दंग छिन् । उनलाई पहिलेको भन्दा अहिलेको व्यवस्था निकै राम्रो लागे पनि छाडातन्त्र बढी भएकोमा चित्त बुझेको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment