Comments Add Comment

यदि यही महिना बिवाह गर्दै हुनुहुन्छ भने यी कुरा जान्नैपर्छ

बिवाहको मौसम आउँदैछ । कतिले यही महिनामा बिवाह गर्ने योजना बनाएका होलान् । जीवनकै एक महत्वपूर्ण मोड हो, बिवाह । यही विन्दुबाट जीवनको अर्को अध्याय सुरु हुन्छ । त्यसैले बिवाहलाई सामन्य रुपमा लिनु हुँदैन । बिवाहअघि केही कुरामा ध्यान दिनैपर्छ, जसले दाम्पत्य जीवनमा कुनै तनाव, असमझदारी पैदा नगरोस् ।

एकअर्कालाई बुझौं

अक्सर बिवाहअघि एकअर्काको भावना, बानी, व्यवहार, इच्छा बुझिएको हुँदैन । बिवाहपछि भने एकले अर्कालाई बुझ्नुपर्छ । किनभने हामीले सोचेजस्तै सबै कुरा ठीकठाक नहुन सक्छ । हामीले सोचेजस्तै पार्टनर सर्बगुणले भरिपूर्ण नहुन सक्छ ।

आफ्नो पार्टनर के चाहन्छन्, के गर्दा खुसी हुन्छन्, के गर्दा दुखी हुन्छन्, कस्तो व्यवहार मन पराउँछन् भन्ने कुरा बुझ्नैपर्छ ।

एकलौटी निर्णय नलिने

बिवाहअघि जस्तो सबैकुुरामा एकलौटी निर्णय लिनु हुँदैन । कति कुरा पार्टनरले भनेको मान्नुपर्छ, कति कुरामा पार्टनरलाई कन्भेन्स गर्नुपर्छ । किनभने आफुले गरेको निर्णय पार्टनरका लागि रुचीकर नहुन सक्छ । यस किसिमको बानीले दाम्पत्य जीवनमा असमझदारी निम्त्याउन सक्छ ।

कुमारित्वको कुरा

अक्सर पुरुषहरु आफ्ना दुलही कुमारी होस् भन्ने ठान्छन् । यस्तो चाहाना हुनु मानविय स्वभाव हो, जसलाई अस्वभाविक मान्न सकिदैन । यद्यपी त्यही कुरामा केन्दि्रत रहेर पार्टनरप्रति घृणा पैदा पैदा हुनु राम्रो होइन । यसले दाम्पत्य जीवनमा अविश्वास र घृणा निम्त्याउँछ । बुझ्नुपर्ने के पनि हो भने, कुमारित्वबारे हामीले सोच्ने र परीक्षण गर्ने विधी सही नहुन सक्छ ।

गर्भनिरोधका कुरा

बिवाह लगत्तै सन्तान जन्माउने योजना सायदैको होला । दाम्पत्य जीवनले एउटा लय समातेपछि मात्र सन्तान जन्माउनु राम्रो हो । तर, बिवाह लगत्तै कतिपयको अनिच्छित गर्भ रहन सक्छ । यसले दम्पतीमा तनाव पैदा गर्छ । गर्भपतन गराउनु पर्ने अवस्था पनि निम्त्याउन सक्छ । त्यसैले बिवाहअघि नै गर्भनिरोधात्मक साधनहरु र त्यसको उपयोगीताबारे स्पष्ट हुनुपर्छ । किनभने यी सबै साधन भरपर्दो नहुन सक्छ, कति चाहि हानिकारक पनि ।

 पारिवारिक संस्कारलाई सम्मान

हरेक परिवारको आ-आफ्नै संस्कार, चालचलन हुन्छ । बर्षौदेखि अंगाल्दै आएको ति कुराहरुलाई स्विकार्न र अंगाल्न सक्नुपर्छ । अहिले त अन्र्तजातिय, अन्र्तदेशिय बिवाहको प्रचलन बढ्दै गएको छ । यसले दुई फरक संस्कृतिलाई एक ठाँउमा उभ्याउँछ । त्यसैले दुबैले एकअर्काको परम्परा, संस्कारलाई आत्मसात गर्नु राम्रो हो ।

आर्थिक मितव्यायिता

बिवाहले घर परिवारलाई ठूलो आर्थिक व्यायभार बोकाउँछ । बिवाहको तयारी, रमझम, भोज, लत्ताकपडा, यातायात जस्ता कुरामा धेरै खर्च हुन्छ । त्यसैले बिवाहपछि आफ्नो घर-परिवार एक हिसाबले आर्थिक संकटमा हुन सक्छ । यस्तो अवस्थामा नव दुलहा-दुलहीले अनावश्यक खर्चमा कटौती गर्नु राम्रो हो । चाहे त्यो भान्साको कुरामा होस् वा किनमेलमै, आर्थिक मितव्यायिता अपनाउनु पर्छ ।

 परिवारबीच तुलना नगर्ने

दुलहा र दुलही दुबैको पारिवारिक पृष्टभूमी एकनासे नहुन सक्छ । आर्थिक रुपमा कोही बलियो त कोही कमजोर हुनसक्छ । यस्तो अवस्थामा पार्टनर सचेत हुनुपर्छ कि, आफुमा धनको अहंम, दम्भ कतिपनि नदेखियोस् । किनभने जब आफ्नो धनदौलतको धाक लगाएर पार्टनरलाई होच्याउने प्रयास गरिन्छ, सम्बन्ध कमजोर हुँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment