Comments Add Comment

५ वर्षभित्रै हरेक परिवारलाई जलविद्युत् कम्पनीको सेयरः ऊर्जामन्त्री

'लोडसेडिङ हट्दा आर्थिक वृद्धि'


४ वैशाख, काठमाडौं । सरकारले ५ वर्षभित्रै देशका हरेक परिवारलाई जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको सेयर दिने योजना बनाएको छ ।

‘सर्वसाधारणले पैसा तिरेर मात्र नभई जलविद्युत् आयोजनामा श्रमदान गरेरपनि सेयर लिन पाउने छन्,’ ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा भने ।

मन्त्री शर्माले यसबाहेक पनि थप ६० हजार युवाले यस्तो सेयर प्राप्त गर्न सक्ने जानकारी दिएका छन् । सरकारको योजना सफल भएमा युवाहरुले पनि नगद वा श्रमदानकै माध्यमबाट सेयर पाउने भएका हुन् ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत् पक्का

मन्त्री शर्माले अबको १० वर्षमा १० हजार मेगावाटको नभई सरकारले २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । यसअघि विभिन्न समयमा सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाउँदै आएको थियो । तर यी योजना महतवकाँक्षी रहेको भन्दै आलोचना पनि व्यहोर्दै आएको थियो ।

लोडसेडिङ अन्त्यमा सफलता हात पार्दै गएको सरकारले यसपटक एक कदम अगाडी बढेर २० हजार मेगावाट विद्युत्को योजना बनाएको छ । मन्त्री शर्मा यो योजना पुरा हुने दावी गर्छन् ।

‘सरकारले नै ७ वर्षमा ८ हजार मेगावाट विद्युत् उत्पादन गर्नेछ, निजी क्षेत्रबाट सोही अवधिमा ९ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ, त्यसैले १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन असम्भव छैन,’ मन्त्री शर्माले दाबी गरे ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले ७ वर्षमा सरकारले बनाउने ८ हजार मेगावाट विद्युत् स्टोरेज प्रविधिमा आधारित रहेको बताएका छन् ।

लोडसेडिङ हटेकै कारण आर्थिक वृद्धि

लोडसेडिङ अन्त्यको कारण लगानी वातावरण बनेकोले चालु आवमा प्रक्षेपित गरिएको आर्थिक वृद्धि हासिल हुने अवस्था आएको मन्त्रि शर्माले ठोकुवा गरे ।

हालै विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकले पनि नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत देखि ६.२ प्रतिशतसम्म रहने संशोधित अनुमान गरेका छन् ।

पूर्व-पश्चिम राजमार्गमा विद्युत् कोरिडर बन्ने

विद्युतको सहज आपुर्तीको लागि पुर्व पश्चिम राजमार्गमा विद्युत् कोरिडर आवश्यक रहेको प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले बताएका छन् । यसका लागि पनि छिट्टै काम सुचारु गर्ने योजनामा प्राधिकरण रहेको उनले जानकारी दिए ।

घिसिङले हाल मर्मत भइरहेको जोगिमारास्थित प्रसारणलाइनको टावर समयमै मर्मत हुन नसकेमा केही समय लोडसेडिङ हुने पर्व जानकारी दिएका छन् । उनले प्राधिकरणले हाल १२ प्रतिशतले विद्युत आपुर्ती बढेको भएपनि लागतमा भने वृद्धि नभएको पुनः स्पष्ट पारेका छन् ।

भारतबाट सस्तो दरमा पाइने विद्युत् मात्रै ल्याइएकोले पनि विद्युत्को लागत नबढेको उनको भनाइ छ । प्राधिकरणकाअनुसार हाल १ सय २९ आयोजना निर्माणाधिन अवस्थामा रहेको छ भने यी आयोजनाको क्षमता ३ हजार ५ सय २० मेगावाट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment