Comments Add Comment

हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा

आयोग निर्णयविरुद्ध आन्दोलन, जितेको ठाउँमा गौशाला

६ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् ।आफू सरकारमा भए पनि पार्टीको  एजेन्डा नछाड्ने उनको भनाइ छ ।

‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।’

उपप्रधानमन्त्रीसमेत रहेका थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नहुने बताए । उनले मोर्चा निर्वाचनमा आउने विश्वास  व्यक्त गर्दै निर्धारित समयमै स्थानीय तह निर्वाचन हुने दाबी गरे ।

मोर्चा चुनावमा आए केही क्षेत्रमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सकिने उनको भनाइ थियो  ।

पार्टीको चुनाव चिह्न गाईको  संरक्षण गर्न त सक्नु भएन नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जहाँ-जहाँ चुनाव जितिन्छ त्यहाँ  गौशाला निर्माण गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment