Comments Add Comment

मन्थली नगरपालिकामा माओवादीको उम्मेदवार सार्वजनिक, मेयरमा पूर्व सभासद श्रेष्ठ

९ बैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । शनिबार मन्थलीमा एक कार्यक्रम आयोजना गरी माओवादीले आफ्ना टिम सार्वजनिक गरेको हो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिका प्रमुख, उपप्रमुख र १० वटा वडाका उम्मेदवार तोकिएको छ ४ वटा वडामा भने प्राविधिक काम बाँकी रहेको भन्दै उम्मेदवार घोषणा गरिएको छैन ।

माओवादीले पूर्वसभासद तारानारायण श्रेष्ठलाई मेयर र रितादेवी घिमिरेलाई उपमेयरको उम्मेदवार बनाएको छ । वडाप्रमुखहरुमा वडा नं १, २, ३, ४ र ५ बाट क्रमशः नारायणदास श्रेष्ठ, कुम्भराज तामाङ, रमेशबहादुर वरुवाल, विरेन्द्र बज्राचार्य र रामबहादुर कार्की रहेका छन् ।

त्यस्तै वडा नं ७ बाट श्रीबहादुर माझी, ९ बाट दीलिपराज गिरी, १० बाट भरतबहादुर बोहोरा, ११ बाट भिमबहादुर मगर र १३ बाट केदार श्रेष्ठ रहेका छन् । वडा नं ६, ८, १२ र १४ को वडाध्यक्षको उम्मेदवार घोषणा गर्न बाँकी छ ।

कार्यक्रममा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बैशाख ३१ गते कुनै पनि हालतमा चुनाव हुने भन्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा मेयरका प्रमुखका उम्मेदवार तारानारायण श्रेष्ठले मन्थली नगरको विकासका लागि आफ्ना योजना प्रस्तुत गरे । उनले गाउँका वडालाई केन्द्र बनाएर सडक निर्माण गर्ने, नगरपालिका भित्रका प्रत्येक घरमा धारा पुर्‍याउने, फुलाशीलाई अदुवा र रामेछाप र भलुवाजोरलाई जुनारको पकेट क्षेत्र बनाउने, तामाकोसी किनारका जग्गामा बाँध वाँधेर सिँचाईको व्यवस्था गर्ने  बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment