Comments Add Comment

बाबुरामको प्रश्न- कांग्रेससँग जादुको छडी छ ?

१२ बैशाख, काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लामो समयसम्म सत्तामा रहँदा  कांग्रेसले नेपालको अर्थतन्त्रलाई रसातलमा पुर्‍याएको आरोप लगाएका छन् ।

कांग्रेसले समृद्धिको नारासहित घोषणापत्र सार्बजनिक गरेकै दिन डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् आफ्नो अभिव्यक्ति सार्बजनिक गर्दै डा. भट्टराईले कांग्रेसले ल्याएको समृद्धि अभियानको नाराप्रति व्यंग्य गरेका छन् ।


पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले भनेका छन्, ‘कांग्रेसको नेतृत्वमा समृद्धिको अभियान’ रे ! विगत २७ वर्षमा २१ वर्ष सत्तामा बस्दा अर्थतन्त्रलाई रसातलमा पुर्‍याउनेसँग के जादुको छडी बाँकी रहेछ हँ ?’

कांग्रेसको घोषणापत्रको खण्ड ३ मा आर्थिक समृद्धिको संकल्प गरिएको छ जसमा नेपाललाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन ध्येयका साथ नेपाली कांग्रेस अघि बढेको उल्लेख छ ।

यसका लागि कम्तिमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धिदर निरन्तर हासिल गर्दै हरेक वर्ष अर्थतन्त्रले तीदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment