+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कालिकोटका दलित प्रमुख पदको उम्मेदवार बन्नबाट बञ्चित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १३ गते ९:३६


१३ वैशाख, कालिकोट। जिल्लामा कुनै पनि राजनीतिक दलले नगर तथा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएपछि कालीकोटका दलित सङ्घर्षमा उत्रिने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलमा चर्चामा रहेका उम्मेदवारका आकाङ्क्षीलाई समेत नसमेटेर गैरदलित नै पहिलो प्राथमिकतामा परेका छन् ।

जिल्लामा रहेका सबै राजनीतिक दलका दलित भ्रातृ सङ्गठनको समन्वयमा सङ्घर्ष गर्ने नेकपा (माओवादी केन्द्र) कालीकोटका जिल्ला सदस्य देउसिंह विकले बताए ।

उनका अनुसार आफूहरुले विभिन्न दलका दलित सङ्गठनसँग समन्वय गरेर बैठक बोलाउने तयारी भएको बताउँदै पहिलो चरणमा सबै दललाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने र प्रत्येक दलले कम्तीमा एक गाउँ वा नगरपालिकामा उम्मेदवार बनाउनका लागि दबाब दिने योजना रहेको बताए ।

सबै दलले सकारात्मकरुपमा लिएर केही परिवर्तन गरेमा सङ्घर्ष नहुने, बेवास्ता गरेमा पुनः आन्दोलन अघि बढ्ने उनले बताए । अन्य दलभन्दा पनि कम्तीमा दुईजना दलित माओवादी केन्द्रले गाउँपालिकामा दिने विश्वासमा रहेको भए पनि बेवास्ता गरेपछि माओवादी केन्द्र समर्थक दलितको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाउन लागिएको बताइएको छ ।

माओवादी केन्द्रले तिलागुफा नगरपालिका र पलांता गाउँपालिकामा दलित उम्मेदवार बनाउने व्यापक रस्सा कस्सी भएपनि अन्ततः नरहरिनाथ गाउँपालिकामा विष्णु विकको स्थानमा अग्रबहादुर विष्ट, पलांता गाउँपालिकामा अनन्त विकको स्थानमा लक्ष्मण बमलाई सिफारिस गरेको छ भने तिलागुफामा दिनेश चन्दाराको स्थानमा रतनबहादुर शाहीलाई सिफारिस गरेपछि दलित सङ्घर्ष गर्न बाध्य भएका हुन् ।

समाजसेवी नागरिक अगुवा कटक महतका अनुसार जिल्लामा ४० प्रतिशत जनसङ्ख्या रहेको अवस्थामा पनि दलित उम्मेदवार नदिनु दुःखद भएको बताए । अन्य दलमा प्राथमिकतामा नपरेको भएपनि माओवादी केन्द्रको आशा रहेको भएपनि त्यो सम्भव नहुनु वर्गीय दृष्टिभन्दा फरक भएको बताए ।

नेपाली काँग्रेसले नगर तथा गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाउँदैछ भने नेकपा (एमाले) ले भने उम्मेदवारको टुङ्गो अन्तिम चरणमा पुगेको बताएको छ ।

अहिलेसम्म नापजाँच गर्दा नेपाली काँग्रेस र नेकपा (एमाले) मा दलित उम्मेदवार सम्भव नदेखिएको बताइएको छ । कानुनले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरेका कारण सबै नगर तथा गाउँपालिकामा उपप्रमुखमा भने महिला छनोट गरेका छन् ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?