Comments Add Comment

गोरखामा कांग्रेस र नयाँ शक्तिले उम्मदेवारको टुङ्गो लगाए

१८ वैशाख, गोरखा । स्थानीय तह निर्वाचनका लागि नगरपालिकामा उम्मेदवार टुङ्गो लगाउन लामो कसरत गदर्ैै आएको नेपाली काग्रेसले अन्तत मेयर र उपमेयरको टुङ्गो लगाएको छ ।

दुई नगरपालिका रहेको गोरखामा कांग्रेसले गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्तलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा बिना श्रेष्ठको नाम पक्का भएको छ ।

पालुङटार नगरपालिकाको मेयरमा दिपक कंडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठको उम्मेदवारी पक्का भएको काग्रेसले जनाएको छ ।

त्यस्तै चुमनुव्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाउने प्रयास भइरहेको बताइएको छ । अध्यक्षका लागि छेवाङ ग्याल्जेन लामाको नाम पक्का भएको छ । बाँकी गाउँपालिकामा भने सबै उम्मेदवारको टुङ्गो लागिसकेको छ ।

यता नयाँ शक्ति पार्टी नेपालले पनि गोरखामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उम्मेदवारको नाम सार्वजनिक गरेको हो । गोरखा नगरपालिकाको मेयरमा ज्ञानेन्ऽ कुमाल र उपमेयरमा पूर्ण माया वन्तको नाम पक्का भएको छ ।

अजिरकोट गाउँपालिकाको अध्यक्षमा गणेश तामाङ र उपाध्यक्षमा सिता पोखरेलले उम्मदेवारी दिने भएका छन् । सुलिकोट गाउँपालिकाको अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा सिर्जना पोखरेल, गण्डकी गाउँपालिकाको अध्यक्षमा कुमार तिवारी र उपाध्यक्षमा दुर्गा गुरुङ, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा रिन्जिङ दोर्जे लामा र उपाध्यक्षमा रन्जना ढकालको नाम पक्का भएको छ ।

त्यस्तै सिरानचोक गाउँपालिकाको अध्यक्षमा महेश गुरुङ र उपाध्यक्षमा सुमित्रा ढकाल, शहीद लखन गाउँपालिकाको अध्यक्षमा गोपाल बाबु श्रेष्ठ र उपाध्यक्षमा कल्पना थापा, भिमसेन गाउँपालिकाको अध्यक्षमा चित्रकुमारी श्रेष्ठ र उपाध्यक्षमा मिलन न्यौपानको नाम पक्का भएको छ ।

आरुघाट गाउँपालिकाको अध्यक्षमा हुकुम खड्का र उपाध्यक्षमा मन कुमारी गुरुङले उम्मदेवारी दिने भएका छन् ।

धार्चै गाउँपालिकाको अध्यक्षमा लक्ष्मण गुरुङको नाम पक्का भएपनि उपाध्यक्षको भने टुङ्गो लागेको छैन । पालुङटार नगरपालिकाको भने आज सम्म टुङ्गो लाग्ने बताइएको छ । पालुङटार नगरपालिकाको मेयरमा हरिशरण आचार्य र अशोक देवकोटाको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment