बिहेका लागि वर वधु खोजी गरिएका विज्ञापन धेरै नै देख्नुभएको छ होला । त्यस्ता विज्ञापनमा हुनेवाला वरवधुको जिउडाल, अनुहार, शिक्षा, जात धर्म आदिको विषयमा उल्लेख गरिएको हुन्छ । कहिलेकाहीँखानपानको आदतका विष्यामा पनि विज्ञापनमा शर्त तोकिएको पाइन्छ । तर छिमेकी देश भारतमा एब बंगाली युवतीको बिहेको लागि जुन शर्त राखेर विज्ञापन छपाइएको छ त्यसले सबैलाई आश्चर्यमा पार्यो ।
कोलकातामा बस्ने एक परिवारलाई आफ्नी २६ वषर्ीया छोरीको लागि योग्य वर चाहिएको छ । स्नातकोत्तर पास गरेकी ती युवतीका लागि योग्य ठहरिने ज्वाइँका अन्य मापदण्ड आफ्नो ठाउँमा छन् तर सबैभन्दा महत्वपूर्ण के भने परिवारको हुनेवाला ज्वाइँ वामपन्थी हुनैपर्छ ।
दिप्तानुज दासगुप्ताले आफ्नी बहिनीको बिहेको लागि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको मुखपत्र गणशक्तिमा यो विज्ञापन छपाएका छन् ।
दासगुप्ताका अनुसार वामपन्थीहरु संकीर्ण विचारधारका नहुने र जिवनका हरेक क्षेत्रमा उनीहरुको दिलचस्पी रहने र फराकिलो दृष्टिकोण राख्ने गर्दछन् ।
आफुहरुको घरको वातावरण पनि यस्तै रहेको र आफुहरुले बहिनीका लागि त्यस्तै केटा खोजेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले बहिनीका लागि यस्तो केटा खोजेका छौँ जसले आफुलाई वामपन्थी बताउनुमा गर्व महसुस गर्दछ, खासगरी यो यस्तो बेलामा जब वामपन्थलाई खराब मानिँदैछ ।
एजेन्सी
प्रतिक्रिया 4