काठमाडौं कांग्रेसको मेयर र उपमेयर पदका उम्मेदवार राजुराज जोशी र हरिप्रभा श्रेष्ठ१९ बैशाख, काठमाडौं । देशमा २० वर्षपछि पहिलोपटक हुन लागेको स्थानीय चुनावका लागि ३४ जिल्लामा मंगलबार उम्मेद्वारहरुले मनोनयपत्र दर्ता गराएका छन् । विभिन्न जिल्लामा देखिएको उत्साहलाई हेर्दाखेरि यस्तो लाग्छ, आजदेखि मुलुक चुनावमय मात्रै बनेको छैन, लोकतन्त्रको उत्सवसमेत सुरु भएको छ ।
मधेसी मोर्चालेसमेत जिम्मेवारीपूर्वक ढंगबाट प्रस्तुत हुँदै निर्वाचनलाई सहजता प्रदान गरेका कारण चुनावको सुनिश्चिततासँगै यसले उत्सवको स्वरुप ग्रहण गरेको हो ।
पहिलो चरणको स्थानीय चुनावको निर्वाचन कार्यतालिका कार्यान्वयनमा आएको पहिलो दिन देशैभरि भएका मनोनयन दर्ताका दृश्यहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4