+
+

महानगरको उपमेयरमा उठेकी मन्जली मतदाता सूचीमा भेटिइनन् !

चिठ्ठा पर्‍यो हसिनालाई

कविन अधिकारी कविन अधिकारी
२०७४ वैशाख १९ गते २०:५०
दिपेश महर्जन र मन्जली शाक्य

१९ बैशाख, ललितपुर । ललितपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार माओवादी केन्द्रले परिवर्तन गरेको छ ।

माओवादीले उपमेयरमा मन्जली शाक्यलाई अघि सारेको थियो तर उनको नाम मतदाता नामावलीको सूचीमा भेटिएन । मन्जलीको नाम सूचीमा नभेटिएपछि माओवादीले हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ ।


ललितपुर महानगरपालिकाको मेयरमा भने माओवादीले दिनेश महर्जन ‘दिपेश’को उम्मेदवारी दर्ता गराएको छ । उनीसँगै मन्जली शाक्य पनि उम्मेदवारी दर्ता गराउन गएकी थिइन् । उनीहरु फूलमाला लगाएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन गएका थिए । साथमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसमेत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?