२१ बैशाख, काठमाडौं । माओवादीसँग चुनावी तालमेलको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।
बिहीबार बिहान कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । काठमाडौं र पोखरा महानगरपालिकाको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने र चितवनको मेयरमा कांग्रेसले सघाउने सहमति शीर्ष तहमा भएको थियो ।
सो समाचार सार्बजनिक भएलगत्तै चितवनका कांग्रेस कार्यकर्ताहरु आन्दोलित भएका हुन् । कमलनगरस्थित पार्टी कार्यालयमा जम्मा भएका कांग्रेस कार्यकर्ताहरुले सहमतीलाई कुनै पनि हालतमा नमान्ने भन्दै चर्को नारावाजी गरेका छन् ।
चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले केन्द्रबाट तालमेल गर्न भनेर सर्कुलर आएकाले के गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।
याे पनि पढ्नुस
कांग्रेस-माओवादी चुनावी तालमेलप्रति कृष्ण सिटौलाको असहमति, चितवनमा विरोध प्रदर्शन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4