Comments Add Comment

बाल मतदाताले भने- भ्रष्टाचार गर्नेलाई नो भोट !

विद्यालयका क्याप्टेन छान्न 'डेमो' मतदान

२२ बैशाख, काठमाडौं । मुलुक निर्वाचनमय छ । ‘कोभन्दा को कम’कै शैलीमा मतदाता रिझाउन हिँड्नेहरुको लर्को लागेको छ । माइक्रोबसदेखि मोटरसाइकलसम्म पार्टी अंकित झन्डा फहराउन थालिसकेका छन् । यही पृष्ठभूमिमा नयाँ बानेश्वरस्थित एक विद्यालयमा शुक्रबार बिहान चुनावी माहौल गर्माएको देखियो ।

त्यहाँ कोही भोट मागिरहेका थिए, कोही भोट दिन लामवद्ध थिए । चुनावी प्रक्रियाको यो एउटा नमूना थियो । मतदानस्थल चाहिँ- नोबेल एकेडेमी ।

कक्षा ५ देखि १० सम्म अध्ययनरत कलिला विद्यार्थीहरु निर्वाचन प्रक्रियाको अभ्यासमा जुटेका थिए । स्थानीय निर्वाचनको तिथि नजिकिँदै जाँदा उक्त विद्यालयका विद्यार्थीहरुले आफ्ना क्याप्टेन छान्न ‘डेमो निर्वाचन’ गरेका रहेछन् ।

निर्वाचन गर्ने प्रक्रिया एवं विधि र त्यसका फाइदाबारे जानकारी गराउन विद्यालयले डेमो निर्वाचनको मेलोमेसो मिलाएको नोवेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए ।

हामीले विद्यार्थीलाई सोध्यौं, ‘निर्वाचन किन गर्नुपर्छ ?’ अधिकांश विद्यार्थीले यसको तात्तातो जवाफ फर्काए । उनीहरुको बुझाइ थियो, ‘हाम्रा लागि सक्षम नेतृत्व छान्नका लागि निर्वाचन आवश्यक हुन्छ ।’ आफूले भोट दिनका लागि उम्मेरद्वारको योग्यता, क्षमता, विश्वसनीयता जस्ता कुरालाई आधार मान्नुपर्ने उनीहरुको भनाइ थियो ।

मुलुकमा हुन गइरहेको स्थानीय तहको निर्वाचन र त्यसको प्रक्रियाबारे पनि विद्यार्थीहरु जानकार रहेछन् । उनीहरुको बुझाइमा विद्यमान भ्रष्टाचारका कारण ‘आफूहरुले दुःख पाइरहेको’ र अब भ्रष्टाचार नगर्ने नेतृत्व छनोट गर्न आफ्ना अभिभावकसमक्ष अनुरोध गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment