Comments Add Comment

सर्वोच्चको आदेशपछि ओलीले भने-सुशीला कार्कीले आंशिक न्याय पाइन्

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले महाअभियोग यथास्थितिमा राख्न आन्तरिम आदेश दिँदै गर्दै एमाले अध्यक्ष ओली एक होटलमा पत्रकारमाझ थिए । उनले खुसीको खबर सुनाउँछु भन्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै काममा फर्कन आदेश दिएको सुनाए ।

सर्वोच्चको फैसलाले नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै ओलीले प्रधानन्यायाधीश कार्कीलाई कार्यक्रमबाटै बधाई दिए । उनले अघि भने, प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई भन्न चाहन्छु, उहाँको सुकिर्ती फैलियोस् । उहाँमाथि हमला गर्ने प्रवृत्ति अनुचित छ ।’

सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको उनले बताए । उनले भने, ‘न्याय जिउँदो रहेछ । यस आदेशलाई हामी समर्थन गर्छौ ।’

पूर्वप्रधानमन्त्री ओलीले ‘होस् छ भने’ तत्काल महाअभियोग फिर्ता लिन सत्तारुढ कांग्रेस र माओवादीलाई आग्रह गरे । अन्यथा दुर्गती भोग्नु पर्ने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment