+
+
Shares

पत्रपत्रिकाका फ्रन्टपेजः घर–आँगनमा चुनावी रौनकदेखि जेठ पहिलो साता सरकारको नेतृत्व परिवर्तनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते ६:२९

२४ वैशाख, काठमाडौं । आइतबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको  प्राथमिकतामा महाभियोगदेखि सरकार परिवर्तनसम्मका विषय परेका छन् ।

गोरखापत्र दैनिकले निर्वाचन सुरक्षाको विषयलाई मुख्य खबर बनाएको छ । चुनावमा ढुक्क हुन प्रधानमन्त्री प्रचण्डले गरेको आग्रहदेखि हिमाल आरोही मिनबहादुर शेरचनको आरोह सपनासम्मका खबरलाई गोरखापत्रले आफ्नो पहिलो पृष्ठमा समेटेको छ ।

राजधानी दैनिकले घरदैलोमा चुनावी रौनक बढेको लेखेको छ । संघीय गठबन्धनमा आएको फाटो र उपत्यकाको निर्वाचन सुरक्षाबारेको विषयलाई पनि राजधानीले पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले जेठको पहिलो साता सरकारको नेतृत्व परिवर्तन हुने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लेखेको छ ।

कान्तिपुर दैनिकले गोरखाको बारपाकको चुनावी रौनकलाई मुख्य खबर बनाएर छापेको छ । मधेसी मोर्चामा आएको विभाजनलाई पनि कान्तिपुरले लेखेको छ ।

‘चुप लाग्ने सक्षपक्षको रणनीति’ शीर्षकमा मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले राष्ट्रपति–मधेसी नेतावीचको छलफलको विषयलाई पनि महत्त्वका साथ छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?