Comments Add Comment

अर्जुन कपुरसँगको रोमान्सबारे मलाइकाले दिइन् यस्तो जवाफ

लामो समयदेखि मलाइका अरोरा र अर्जुन कपुरको रोमान्स चर्चामा छ । अर्जुन कपुरकै कारण मलाइकाको अरवाज खानसँग सम्वन्ध टुटेको बताइन्छ । अन्ततः यस विषयमा पहिलोपटक मलाइकाले मुख खोलेकी छिन् ।

हालै मलाइका नायिका बिपाशा बासु र ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग एउटा पार्टीमा पुगेकी थिइन् । त्यहाँ एक रिपोर्टले मलाइकालाई उनको अर्जुन कपुरसँगको अफेयरका विषयमा प्रश्न गरे ।

सो प्रश्नमा बडो शान्त भएर मलाइकाले जवाफ दिइन्, ‘सिरियसली हाम्रो -बिपाशा र सुजैन) को बारेमा कुरा गर्नुस । हामी तीनै जना स्वतन्त्र महिला हौं । हामी के गर्छौं, कहिले भेट्छौं, कहाँ जान्छौं । तपाईं यस बारेमा कुरा किन गर्नुहुन्न ? नचाहिँदो गसिप किन बनाउनुहुन्छ ?’

स्टार प्लसको रियालिटी शो ‘नच बलिए ८’ मा मलाइका निर्णायकका रुपमा सहभागी छिन् । यो कार्यक्रममा उनले सोनाक्षी सिन्हालाई विस्थापित गरेकी हुन् । हालै यस शोमा अर्जुन कपुर आफ्नो फिल्म ‘हाफ गर्लफ्रेन्ड’ को प्रमोसनका लागि श्रद्धा कपुरसँग आएका थिए । यस क्रममा मलाइका र अर्जुनबीच खासै हेलमेल भएको देखिएन ।

अर्जुन र मलाइकाको अफेयरको चर्चा अघिल्लो वर्षको मे महिनादेखि सुरु भएको हो । उनीहरु हात समाएर हिँडिरहेका भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment