नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ र नव-नायक सनी सिंह प्रेममा रहेको चर्चा चलिरहेको छ । चलचित्र ‘डायरी’मा एकसाथ काम गरेपछि यी दुइ नजिक भएका हुन् । तर, यी दुई पर्दामा मात्र आफूहरु नजिक भएको र पर्दा बाहिर निकै मिल्ने साथी भएको बताउँछन् । अनलाइखबरसँग ‘मस्ती टक’मा कुरा गर्दै छुल्ठिम र सनीले चलचित्र र आफ्नो व्यक्तिगत जीवनको कुरा गरे ।
अनिल योञ्जनले निर्देशन गरेको चलचित्र ‘डायरी’ जेठ ५ गतेबाट रिलिज हुँदैछ । अनलाइखबरको क्यामेरा अगाडि कुरा गर्दै छुल्ठिमले सनीलाई प्रेम गर्न सिकाइन् । सनीले प्रेम प्रस्ताव राख्न नसकेपछि अगाडि सरेकी छुल्ठिमले केटीको मन जित्न के-के गर्नुपर्छ भनेर सनीलाई सिकाइन् ।
छुल्ठिम र सनीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
छुल्ठिमलाई प्रश्न थियो, केटा भएर जन्मन नपाउँदा के कुरा मिस गरिरहनु भएको छ ? उनले जवाफ दिइन्-‘म त केही पनि कुरा मिस गर्दिनँ । आखिर, केटा र केटीमा त्यही एउटा कुरा त फरक हो नी ।’ उनले के कुरा फरक हो भन्ने खुलाइनन् ।
यस्तै, आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ भन्ने प्रश्नमा उनले रमाइलो जवाफ दिइन् । एक जनाले भाउजु हामी एकसाथ नुहाउनुपर्छ भनेपछि नुहाएको उनको जवाफ थियो । उनलाई भाउजु सँगै नुहाउनु पर्छ भनेर कसले भनेको थियो, यो जान्नका लागि त भिडियो नै हेर्नुपर्नेछ ।
प्रतिक्रिया 4