
२६ बैशाख, काठमाडौं । दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको हो । १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो ।
अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए । आगोले उनको पाखुरा, ढाड र पेट लगेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ ।
शाहीलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुनले दैलेखबाट काठमाडौंसम्म ल्याएका थिए । अस्पतालमै बसेर शाहीको स्याहार सुसार गर्न खटिएका दिपेशले नै उपचारकालागि रकम जुटाउन पहल गरेका थिए ।
प्रतिक्रिया 4