Comments Add Comment

सरकारमा रहेका दलहरूले नै आचारसंहिता उल्लघंन गरे : भट्टराई

२६ वैशाख, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा रहेका शीर्ष दलहरुले नै ब्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।

निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा प्रधानमन्त्रीको आदेशमा सशस्त्र प्रहरी गुल्म गोरखाका डिएसपीको सरुवा गर्नुले चुनावको निस्पक्षतामाथि प्रश्न चिन्ह उठेको उनले बताए ।

चुनावी घरदैलो कार्यक्रममा केही दिनदेखि गृह जिल्ला गोरखा रहेका भट्टराइले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
केही दिन अघि चुनावी कार्यक्रमबाट र्फकदै गरेका आˆना कार्यकर्तामाथि माओवादीले गरेको आक्रमणप्रति असन्तुष्टि जनाउँदै भट्टराईले घटनाको भत्र्सना समेत गरे ।

यस्ता घटनाहरु नियोजित र शृङखलाबद्ध भएको भन्दै दोषीलाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी रहेको भट्टराईको भनाइ छ ।
संगठनात्मक रुपमा आˆनो पार्टी तयार हुन नपाउँदै निर्वाचन गरेपनि देशव्यापी रुपमा उत्साहका साथ चुनावमा सहभागी भएको उनले भट्टराईले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सुनियोजित ढंगबाट सरकारले निर्वाचन चिन्ह प्रदान नगरेपनि आफूहरु बिचलित नभई निर्वाचनमा होमिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment