बिवाहको बेला दुलहा-दुलहीलाई आफ्नो स्वास्थ्य र सौन्दर्यको ख्याल हुनैपर्छ । यसका लागि एक क्षणको मेकअप मात्र पर्याप्त छैन । बैवाहिक समारोहको केही समयअघि एउटा तालिका बनाएर आफ्नो सोन्दर्यको ख्याल गर्नुपर्ने हुन्छ ।
– इंगेजमेन्ट भएपछि साप्ताहिक मेनीक्योर प्लान गरौं ।
– यो समयमा तपाईले आफुलाई परीक्षण पनि गर्न सक्नुहुनेछ । तपाई आफ्नो नङका लागि फरक सेप र नेल पेन्ट्स ट्राइ गर्न सक्नुहुनेछ ।
– स्किन केयर रुटीन फलो गरौं । क्लीजिंग, टोनिङ, मोश्चराइजिङ । थोरै अभ्यास गरेर तपाईले थाहा पाउनुहुनेछ कि, आफ्नो लागि कुन सौन्दर्य प्रसाधन सही छ भन्ने कुरा ।
– स्किनका लागि भिटामिन सी सीरम प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा चाहुरिपन आउन दिंदैन । छालालाई नरम बनाउँछ ।
– भिटामिन सिमा रहेको एन्टि अक्सिडेन्टले छालालाई योङ लुक दिन्छ । साथै सूर्यको हानिकारक किरणबाट समेत बचाउँछ ।
– टिन्टेड मोश्चराइजरबाट पनि केहि फाइदा लिन सकिन्छ । यसले छालालाई नेचुरल ग्लो प्रदान गर्छ ।
– केवल अनुहार मात्र होइन, पुरै शरीरको स्किनको ख्याल गरौ । बडी बटर्स प्रयोग गरौ, ताकि स्किन मोश्चराइज्ड होस् ।
– प्राकृतिक सौन्दर्य प्रसाधन प्रयोग गरेर पनि छालालाई चम्किलो, स्वास्थ्य राख्न सकिन्छ ।
– खुट्टालाई सुन्दर बनाउन तथा थकान मेट्नका लागि नुन मिश्रति पानीमा थोरै दुध मिसाएर त्यसमा डुबाउनु पर्छ । आधा घण्टासम्म यो क्रिया जारी राख्नुपर्छ । दुधमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई नरम र चम्किलो बनाउँछ ।
– धेरै रसायनयुक्त साबुन र फेसवासबाट बच्नुहोस् । बेसन, दुध, बेसारको पेस्ट बनाएर प्रयोग गर्न सक्नुहुनेछ ।
– डेन्टल ब्युटी वा हेल्थ सम्बन्धि पनि ध्यान दिनु पर्छ । दाँतलाई चम्किलो र सेतो बनाउन कालागि आवश्यक उपचार गर्नुपर्छ ।
– स्ट्रबेरी वा कागतीले दाँत सफा गर्न सकिन्छ ।
– मेकअप लुक्स ट्राइ गरौं । साथै निक्र्यौल गरौ कि, आफ्नो बिवाहका लागि पर्फ]{ट लुक्स कुन हुन्छ ? मेकअप टेस्ट आवश्यक हुन्छ । यसले बिवाहको दिन द्विविधा पैदा गर्दैन ।
– आइब्रो सेप गराउनुपर्छ । यो धेरै पातलो र धेरै मोटो पनि हुनुहुँदैन ।
– हेयरस्टाइलमा पनि केही प्रयोग गर्न सकिन्छ । केसलाई स्वास्थ्य राख्नका लागि हेयर केयर रुटिन फलो गरौं ।
– केसलाई बिवाहको करिब एक महिनाअघिदेखि कन्डिसन गर्न सुरु गरौं ।
– ओलिभ आयलयुक्त श्याम्पु र कन्डिसनर्सले केसको रुखोपन हटाउँछ ।
– ओंठलाई पनि मसाज गर्नुपर्छ । एसपिएप ३० युक्त लिप बाम प्रयोग गरौं ।
– हेल्दी डाइट सुरु गर्नुपर्छ । यदि तपाई अनहेल्दी वा जंक फूडको सौखिन हुनुहुन्छ भने, डाइट प्लान नै परिवर्तन गर्नुपर्छ । यसले तपाईको सौन्दर्यमा प्रत्यक्ष प्रभाव पार्छ ।
– बिवाहको करिव १५ दिनअघि सोडियम सेवन नगरौ । यसले तौल नियन्त्रणमा सहयोग गर्छ । साथै तपाई हल्का र स्वास्थ्य महसुष गर्नुहुनेछ ।
– नियमित रुपले वर्कआउट गर्न थालौं। शरीरलाई तन्दुरुस्त र चुस्त राखौं ।
– राम्ररी निदाउन पनि जरुरी छ । राती सुत्ने र उठ्ने तालिका नियमित गरौं । यसले डन्डिफोर, डार्क सर्कल, केस झर्ने आदि समस्याबाट मुक्ति दिन्छ ।
प्रतिक्रिया 4