+
+
Shares

जुगु घटनामा माओवादीले भन्यो- मृतक परिवारलाई राहत देऊ, तथ्य उजागर गर

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते ११:०७

२८ बैशाख, काठमाडौं । माओवादी केन्द्रले दोलखाको जुगु घटना छानविन गरी मृतक कुलबहादुर तामाङको परिवारलाई उचित राहत दिन सरकारसँग माग गरेको छ ।

दोलखाको गौरिशंकर गाउँपालिका जुगुमा यही बैशाख २६ गते बेलुकी माओवादी केन्द्रको आक्रमणबाट स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको थियो । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ भने किटानी जाहेरी परेका केही माओवादी नेता-कार्यकर्ताले गाउँ छाडेका छन् ।

तर, माओवादीले उक्त घटना हुनुको पछाडि एमालेकै उद्दण्ड कार्यकर्ताहरु जिम्मेवार रहेको दाबी गरेको छ ।

माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्यले प्रेस विज्ञप्ति निकालेर भनेका छन्, ‘दोलखाको जुबुमा घटेको घटनाप्रति नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटना घट्नुका पछाडि नेकपा एमालेका उदण्ड कार्यकर्ताको उदण्ड क्रियाकलाप नै मुख्य रुपमा जिम्मेवार छ । बेलुकी माओवादी केन्द्रका उम्मेदवारमाथि सांघातिक आक्रमण भएपछि दोहोरो झडप हुने क्रममा उक्त दुःखद घटना हुन पुगेको देखिन्छ ।’

एमालेलाई भोट नहालेमा हाइड्रो पावरमा शेयर नदिने भनेपछि माओवादीसँग विवाद भएको र दुबै पक्षबीच झडप भएको स्थानीय माओवादी नेताहरु बताउँछन् । तर, विषयलाई बंग्याइएको माओवादीको दाबी छ ।

माओवादी नेता शाक्यद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘विषयलाई बंग्याएर घटनास्थलमै नभएका हाम्रा पार्टीका सचिवालय सदस्य क.गंगा कार्की तथा पिबीएम क.देवी खड्का लगायतका जिम्मेवार कमरेडप्रति आरोपित गरी मुद्दा लगाउने, गिरफ्तार गर्ने तथा जिल्लाभरि आतंक मच्चाएर चुनावलाई एक पक्षीय बनाउने षडयन्त्रको हामी घोर भत्र्सना गर्दछौं ।’

शाक्यले एमाले कार्यकर्ताको मृत्यु हुनलाई दुःखद भन्दै घटनाको उचित र न्यायोचित छानविन गरी मृतकको परिवारलाई उचित राहत दिन र सबै घाइतेको स्वास्थ्य उपचारका लागि सरकारको ध्यानकर्षण गराएका छन् । घटनाको सत्यतथ्य उजागर गरिदिन पनि मानव अधिकारकर्मीहरुसँग अनुरोध गरिएको छ ।

माओवादीले पार्टीलाई संयमित रहन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?