Comments Add Comment

राजेशदेखि विपनासम्म, जो चुनावी प्रचारमा यसरी लागे


कुनै समय आफूलाई आफूलाई स्वतन्त्र नागरिक भनेर चिनाउने कलाकारहरु अहिले विभिन्न पार्टीमा बाँडिएका मात्रै छैनन्, आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्दै हिँडेका छन् । १९ वर्षपछि हुन लागेको स्थानिय चुनाबमा कलाकारहरुले पनि उत्साहजनक रुपमा आफ्नो पार्टीका लागि भोट माग्दै हिडेको देख्न सकिन्छ । यो निर्वाचनमा कसले कसका लागि भोट मागिरहेका छन्, हामीले यहाँ उल्लेख गरेका छौः

कोमल वलीः राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा एक महिना अघिदेखी सहभागी भएकी गायिका कोमल वली चुनाव नसकिँदासम्म दाङमै बस्ने योजनामा थिइन् ।

तर, पार्टीका शीर्ष नेताहरुले चुनाव प्रचारका लागि काठमाण्डौ आउन आग्रह गरेपछि दाङको बसाई छोट्याएर काठमाडौं आइन् ।सिन्धुपाल्चोकमा पशुपति शमसेर राणाको चुनाव क्षेत्रमा भोट माग्न गएकी कोमल धादिङको उत्तरी क्षेत्रमा पनि पुगिन् । बुद्धिमान तामाङको चुनाब क्षेत्रमा गएर भोट मागेकी कोमल काठमाण्डौको चुनावी कार्यक्रममा पनि सहभागी भइन् ।

रेखा थापाः राप्रपाको चुनावी कार्यक्रममा सहभागी भएकी रेखा थापाको चटारो कोमल वलिको जस्तो देखिएको छैन । काठमाण्डौमा आयोजित केही कार्यक्रममा सहभागी भएकी रेखाले उपत्यका बाहिरको कार्यक्रममा त्यति धेरै समय दिइनन् । काठमाण्डौका उप-मेयर राजाराम श्रेष्ठसँग पुरानै चिनजान भएको धारणा राख्ने रेखा राजारामलाई जिताउनका लागि चुनाव प्रचारमा सहभागी भएको बताउछिन् ।

राजेश हमालः आफूलाई स्वतन्त्र नागरिकको रुपमा चिनाउँदै आएका नायक राजेश हमाल पनि यसपाली चुनावी कार्यक्रममा सहभागी भए । काठमाण्डौं महानगरपालिका वडा नं २६ मा एमालेबाट उम्मेदवारी दिएका देवेन्द्र रिमालका लागि भोट माग्दै नायक हमाल पनि चुनावी घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।

विपना थापाः पुरानी नायिका विपना थापा अहिले बहिनी बासना थापाको लागि भोट माग्न नेपाल आएकी छिन् । दैलेखको नारायण नगरपालिकामा नेपाली कांगे्रसबाट उप-मेयरको उम्मेदवार बनेकी बासनाको लागि भोट माग्न माइतीदेश आएको विपनाको भनाई छ । विवाहपछि विपना भारतको मथुरामा बस्दै आएकी छिन् ।

करिश्मा मानन्धरः नयाँ शक्ति पार्टीमा आबद्ध करिष्मा मानन्धर पनि नयाँ शक्तिले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी हुँदै आएकी छिन् । नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा सक्रिय सहभागीता जनाउदै आएकी करिश्मा चुनावको बेला चटारो धेरै भएको बताउँछिन् ।

राज घिमिरेः चपली हाइटका नायक राज घिमिरे गोदवारी नगरपालिका वडा नं ३ मा माओवादी केन्द्रको उम्मेदवार बनेका छन् । स्थानीयवासीलाई लिएर चुनावी अभियानमा हिँडेका राजले घरदैलो कार्यक्रम सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment