+
+
Shares

ग्राण्डीले मनायो विश्व नर्स दिवस

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते ६:५४

२९ वैशाख, काठमाडौं । यहाँको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले विश्व अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ । अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

‘नर्सेस अ भ्वाइस टु लिड अचिभिङ्ग द सस्टेनेबल डेभलपमेन्ट गोल’ अर्थात नर्सहरु दीगो बिकासको लक्ष हाँसिल गर्नका लागि नेतृत्वदायि आवाज हुन’ भन्ने नाराका साथ अस्पतालले दिवस मनाएको हो ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारीबारे जानकारिमूलक तथा मनोरन्जनात्मक प्रस्तुतिहरु राखिएको थियो ।

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट कबिता बाचन, गायन, नृत्य र प्रहसन लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्म दिन १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो ।

ग्राण्डी अस्पतालले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?