+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काठमाडौंमा सर्वोत्तमले हार स्वीकारे, काठमाडौंवासीलाई गाली नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते ११:०७

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना चार दिनदेखि चलिरहेको छ । झण्डै २ लाख बढी मत खसेको महानगरको झण्डै १५ हजार मात्र मत गणना भएको छ ।

तर, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् ।

उनी अहिले पाँचौं स्थानमा छन् र मत ५०० पनि पुगेको छैन । उनलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले पनि धेरै पछाडि छाडिसकेका छन् ।

लगातार कम मत आएपछि माओवादी उम्मेदवार डंगोलले हार स्वीकार गरेका छन् । सुरुवात मत हेर्दा अब आफ्नो जितको सम्भावना नदेखेको भन्दै डंगोलले अनलाइनखबरसँग भने, ‘आएको मत मैले अपेक्षा गरेको भन्दा निकै कम छ ।’

यसले तीन कारण पनि औंल्याएका छन् । ‘हाम्रो संगठन कमजोर नै हो । बाहिरबाट आएकाहरु सदस्य भए पनि स्थानीय सदस्य कम रहे’ उनले भने, ‘त्यसमा पनि सक्रियता रहेन ।’
दोस्रो कारण संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु रहेको उनको विश्लेषण छ ।

सर्वोत्तमले मत नआउनुको कारण पार्टी नेतृत्वको असहयोगी भूमिका रहेको उनको बुझाइ छ । उम्मेदवारी दर्तापछि काठमाडौंमा कांग्रेस र माओवादीबीच तालमेल भएको र मेयरमा कांग्रेसलाई समर्थन गर्ने खबरहरु आए ।

सर्वोत्तम आफैंले त खण्डन गरे तर, पार्टी नेतृत्वको मौन रहृयो । न समर्थन गरेको हो भन्दै सर्वोत्तमलाई उम्मेदवारी फिर्ता लिन भने न समर्थन गरेको छैन भने ।

सर्वोत्तम भन्छन्, मलाई फिर्ता लिने कि भनेर समेत सोधिएन र तालमेल गरिएको होइन पनि भनिएन ।’
उनले अघि भने, ‘मैले त तालमेल भएको छैन भने । तर, विद्रोही उम्मेदवार होला भनेर मानिसहरुले बुझे । कतिपयले त मलाई नै भने पनि ।

पछिल्लो समय काठमाडौंको मत परिणामलाई लिएर माओवादीका नेता कार्यकर्ताले नकारात्मक टिप्पणी गरेका छन् । तर, सर्वोत्तम त्यसमा सहमत छैनन् ।

उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?