+
+
Shares

एमालेले संसद अवरोध गरे प्रधानमन्त्रीको राजीनामा रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ९ गते १३:३२

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा गर्ने तयारीमा छन् ।

तर, स्थानीय तहको संख्या बृद्धि भएपछि प्रमुख विपक्षी नेकपा एमाले असन्तुष्ट देखिएको छ । उसले संसद अवरुद्ध गर्ने संकेत दिएको सत्तारुढ दलका एक शीर्ष नेताले बताए ।

बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठकपछि एक नेताले भने, ‘प्रधानमन्त्री राजीनामा दिने तयारीमा हुनुहुन्छ । तर, एमालेले संसद अवरुद्ध गर्न सक्ने देखिएको छ । यसो भएमा राजीनामा रोकिन्छ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय आफ्नो पार्टीलाई मान्य नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘यो निर्णय विभेदकारी, असंवैधानिक र गैरकानुनी छ । हामी विरोध गर्छौ ।’

प्रधानमन्त्रीको राजीनामा रोकिएला नि भन्ने प्रश्नमा उनले यो आफूहरुको विषय नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?