Comments Add Comment

उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध

१४ जेष्ठ, डडेल्धुरा । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ ।

डडेल्धुरामा शनिबार अबेर राति भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भए ।

कोषाध्यक्षमा राम कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन भने पाँच जना सदस्यहरुमा चेतराज भट्ट, माधव प्रसाद जोशी, सुरेश सिंह थापा, दीपक बहादुर महता र दान बहादुर सुर्मेली निर्विरोध निर्वाचित भएका हुन ।

जिल्ला तथा नगर उपाध्यक्षमा कृष्णप्रसाद पाठक र डम्बरबहादुर भण्डारीले समान ५/५ मत पाएपछि गोला प्रथाबाट पाठक विजयी भएका छन् । त्यस्तै एसोसियट तर्फको उपाध्यक्षमा युवा व्यवसायी हरिशंकर ठाकुर विजयी भएका छन् । उनले अनिल कुमार भोजानियालाई २ मतले पराजित गरे । ठाकुरले २७ र भोजानियाले २५ मत प्राप्त गरेका थिए ।

त्यस्तै एसोसियट तर्फ सदस्यका लागि भएको निर्वाचनमा जनकराज जोशी वियजी भएका छन् । उनले बम बहादुर शाहलाई ३ मत अन्तरले पराजित गरे । जोशीले २८ र शाहले २५ मत प्राप्त गरेका थिए ।

तदर्थ समितिका प्रदेश नम्बर ७ का संयोजक नरबहादुर चन्दको प्रमुख आतिथ्यमा भएको निर्वाचनमा अधिवक्ता विष्णु भट्टले निर्वाचन प्रमुखको जिम्मेेवारी सम्हालेका थिए । विजयी पदाधिकारीहरुलाई हिजै पद तथा गोपनियताको सफल ग्रहण गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment