बिहान-बेलुका दाँत सफा गर्नका लागि अधिकांश व्यक्ति टुथपेस्टको प्रयोग गर्छन् । तर, हामीले सोचेका छैनौ कि बजारमा पाइने टुथपेस्टमा कति रसायन हुन्छ, जसले हाम्रो दाँतलाई भित्रैदेखि कमजोर तुल्याउँछ । यसै कारण क्यान्सर जस्तो भयावह रोग लाग्ने खतरासमेत रहन्छ । अतः यस्तो समस्याबाट छुटकारा पाउनका लागि काइदाको उपाय छ, होममेड टुथपेस्ट बनाउने ।
आवश्यक सामग्री
– नरिवल तेल १ सय ग्राम
– बेसार पाउडर ५० ग्राम
– खाने सोडा २० ग्राम
– पुदिना ५ ग्राम
कसरी बनाउने ?
एउटा सानो भाँडोमा सबै सामग्री राम्ररी मिसाउने । ध्यान राख्नुपर्छ कि, उक्त मिश्रण एकदमै मिहिन र मुलायम हुनुपर्छ । यो तयार भइसकेपछि पहेंलो रंगको हुनुपर्छ । अब यसलाई मेहेन्दी भर्ने कीप जस्तै खाली कीपमा भरेर फ्रिजमा राख्ने । त्यसपछि यो पेस्ट थोरै कडा हुन्छ । यसरी तयार हुन्छ केमिकल- फ्रिटुथपेस्ट ।
ध्यान दिनुपर्ने कुरा
१. राम्ररी फ्रिजमा राखिएको छ भने यसलाई केहि महिनासम्म प्रयोग गर्न सकिन्छ ।
२. कतिले सोच्छन् बेसारले दाँत पहेंलो हुन्छ, तर त्यस्तो हुँदैन ।
३. यो टुथपेस्ट केमिकल फ्रिभएकाले दाँतलाई हानी गर्दैन, बरु यसमा औषधिय गुण हुन्छ । त्यसैले दाँत बलियो हुन्छ ।
प्रतिक्रिया 4