Comments Add Comment

एक पटक एफपीओ जारी गरेपछि पाँच वर्षसम्म पुन : जारी गर्न रोक

सेयर निष्काशनमा पहिलो प्राथमिकता व्यक्तिलाई


१४ जेठ, काठमाडौं । धितोपत्र बोर्डले एक पटक एफपीओ जारी गरेको कम्पनीले त्यसको पाँच वर्षसम्म पुनः एफपीओ जारी गर्न नसक्ने व्यवस्था गरेको छ ।

आइतबार बोर्डमा भएको कार्यक्रममा बोर्डले गरेका काम कारवाहीको जानकारी दिने क्रममा हालै लागु भएको धितोपत्र दर्ता तथा बाँडफाँट निर्देशीका २०७४को यस्तो व्यवस्थाबारे बताइएको हो ।

बोर्डले गरेका अन्य कामहरु :
देशव्यापि रुपमा पूर्णरुपमा अभौतिकिकरण प्रणाली लागू

राफसाफ बैंकको संख्या चार पुर्याइएको

थप नयाँ एक क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमति

मुल्य सीमा परिवर्तन नहुने गरी १० कित्तासम्म अडलट कारोबारको व्यवस्था

विभिन्न नीतिगत व्यवस्था

धितोपत्रको प्रिमियम गणना गर्ने प्रणाली विकास

प्राथमिक निष्कासनमा सबै सेयर आवेदकलाई कम्तिमा दश कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था

प्रारम्भिक सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने, पूरा बिक्री नभएमा मात्र अन्यले

सेयर बाँडफाँट अवधि २० दिन कायम

प्राथमिक नष्काशनदेखि कारोवार सम्म लाग्ने ६ महिनाको समयावधीलाई बढीमा २ महिना

प्रति सेयर खुद सम्पत्ति प्रति सेयर अङ्कित मूल्य भन्दा कम भएमा, सबै भन्दा न्यून रेटिङ्ग प्राप्त गरेमा वा अङ्कित मूल्य भन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी सेयर निष्काशन गर्ने भएमा सेयर प्रत्याभूत गराउनु पर्ने

साधारण सभाबाट हकप्रद सेयरको निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने

हकप्रद सेयर बिक्री नभएमा सोको लिलाम बढाबढबाट बिक्री गर्ने

हकप्रद वा वोनस सेयर वापतको सेयर खण्डित हुने भएमा खण्डित सेयरलाई पूर्ण कित्ताको रूपमा नपुग रकम समेत लिई दरखास्त लिने

हकप्रद सेयरको निष्काशन गर्दा काठमाण्डौ बाहिर पनि संकलन केन्द्र तोक्नु पर्ने

हकप्रद सेयरको दरखास्त फाराम डाउनलोड गरी भर्ने व्यवस्था

हकप्रद सेयर पाउने सेयरधनीको भौतिक तथा अभौतिक जुनसुकै रुपमा सेयर रहेपनि एउटै दरखास्त दिने व्यवस्था

साधारण सभाबाट हकप्रद सेयर पारित गरेको दुई महिना भित्र बोर्डमा निवेदन दिनुपर्ने

सभाले पारित गरेको बोनस सेयर दर्ताको लागि तीस दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने

मर्जर पश्चात एकिकृत कारोबार शुरु भए संगै सेयरको कारोबार समेत शुरु हुने व्यवस्था

यस्तो हुन नसकेमा एकिकृत कारोबार शुरु भएको बढीमा पन्ध्र दिनभित्र गर्नुपर्ने

धितोपत्र दलाल कम्पनी (ब्रोकर)को चुक्ता पूँजी २०७४ पुष मसान्तभित्र रु २ करोड हुनुपर्ने

ब्रोकरको मुख्य कार्यालय तथा शाखा कार्यालयको क्षेत्रफल कम्तीमा एक हजार वर्गफिट हुनुपर्ने

ब्रोकरको मुख्य कार्यालय तथा शाखा कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्र्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा पाँच जना कर्मचारी हुनुपर्ने लगायत

 

यो पनि हेरौं : 

एक वर्ष नबित्दै शिखरको दोस्रो एफपीओ, पाउला धितोपत्र बोर्डबाट अनुमति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment