+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लाप्राक नमूना बस्ती बनाउन स्विट्जरल्याण्डमा च्यारिटी कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते १७:५८

३० मे, स्विट्जरल्याण्ड । गैरआवासीय नेपाली संघद्वारा निर्माणधिन लाप्राक नमूना बस्तीको सहयोगार्थ स्विट्जरल्याण्डमा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।

भूकम्प पीडितहरुको लागि दुर्गम हिमाली क्षेत्र लाप्राकमा संघले थालेको निर्माण कार्यलाई सहयोग पुग्ने गरी बेर्नमा च्यारिटी कार्यक्रम सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा डा. आनामरी हुबर-होच सहभागी भएकी थिइन ।

उनले नेपाल र स्विट्जरल्याण्ड बिचको सम्बन्ध धेरै दीगो र पुरानो रहेको भन्दै नेपालप्रती स्विट्जरल्याण्डको ठुलो सहानुभुती रहेको बताइन् ।

महाभुकम्पबाट तहसनहस भएको देश नेपालले पुनर्निमाणको योजना २ वर्षपछि पनि सन्तोषजनक रुपमा कार्यान्वयन गर्न नसक्दा जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता ब्यक्त गर्दै फेरि १ वर्ष नहुँदै सरकार परिवर्तन हुँदा देशको कुनै पनि योजनाले निरन्तरता पाउन नसक्ने उनको भनाइ छ ।

संघका अध्यक्ष हिराबल गुरुङले हरेक राष्ट्रिय समन्वय परिषदले लाप्राकको लागि आ-आफ्नो ठाउँहरुबाट सहयोग गर्नु पर्नेमा जोड दिदै, च्यारिटी डिनर कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए ।

लाप्राकको स्थलगत भ्रमण र अवलोकन गरी फर्कीएकी एनआरएन स्विट्जरल्याण्ड वुमन फोरमकी सदस्य बिजया भट्टले फोटो स्लाईडहरु देखाउँदै पछिल्लो अबस्था बारे जानकारी गराईन ।

कार्यक्रममा पूर्व आईसीसी सदस्य पितम गुरूङ लगायत संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए भने स्थानीय कलाकारहरुले मनोरन्जन प्रस्तुत गरे । च्यारिटी कार्यक्रमबाट संकलित रकम बारे संघले छिट्टै सार्बजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?