२२ जेठ, काठमाडौं । प्रमुख तीन दलबीच अवरुद्ध संसद् खुलाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढाउने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा आइतबार भएको शीर्ष छलफलपछि सहमतिका लागि मंगलबार १ बजेसम्म संसद् बैठक स्थगित गरिएको छ ।
‘दुई दिन पार्टीहरुबीच देखिएको अविश्वास र आशंका हल गर्न घनीभूत रुपमा द्विपक्षीय, बहुपक्षीय छलफल गरी सहमतिको प्रयास गरिनेछ,’ छलफलबाट बाहिरिएपछि एमाले नेता माधवकुमार नेपालले भने ।
एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरुबाट थाल्नुपर्ने अडान राखेको छ । संसद्लाई जानकारी नदिईकनै अघि बढाइएकोमा प्रक्रिया मान्य नहुने उसको धारणा छ । यो मागमा सत्तारुढ दल लचिलो देखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4