Comments Add Comment

बिहान उठ्नसाथ चिया/कफी पिउनु कति घातक ?

बिहान उठ्नसाथ चिया/कफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पुर्‍याउँछ ।

चिया/कफीले मुख र दाँतको स्वस्थ्यमा हानी पुर्‍याउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ ।

त्यसैले यदि तपाई बिहान उठेर चिया, कफी पिउनुहुन्छ भने त्यसअघि दाँत र मुख सफा गर्नैपर्छ । किन ?

पेटमा एसिडको लेवल बढ्छ

जब तपाई सुत्नुहुन्छ, मुखमा हजारौं सूक्ष्म जीव एवं व्याक्टेरिया पैदा हुन्छ । त्यही कारण हो, बिहान उठ्नसाथ मुखमा दुर्गन्ध आएको । जब तपाई बिहान उठेपछि तात्तातो चिया, कफी पिउनुहुन्छ, मुखको ब्याक्टेरिया पेटमा पुग्छ । यसले पेटको एसिडल लेवल बढ्छ । यसका साथै केहि अरु खानेकुरा पनि हुन्छ, जसले एसिडिटी बढाउँछ ।

पाचन क्रिया खराब हुन्छ

जब ब्याक्टेरिया आफ्नो मुखबाट पेटमा पुग्छ, पाचन क्रियामा असर गर्छ । साथै एसिड-एल्कालाइन सन्तुलन बिगार्छ ।

इन्फेक्शनको खतरा बढ्छ

बिहान उठ्नसाथ चिया पिउँदा पेट सुन्निने वा इन्फेक्सन हुने खतरा पनि रहन्छ । पेटमा अल्सर हुने संभावना बढ्छ ।

आइरन अवशोषण सहि ढंगले हुँदैन

बिहान खाली पेट चिया पिउनाले आइरनको अवशोषण सहि ढंगले हुँदैन । यदि तपाईलाई एनीमिया वा आयरनको कमी छ भने यो थप हानिकारक हुनसक्छ ।

शरीरमा टक्सिन लेवल बढ्छ

भनिन्छ, शरीरको विषाक्त पदार्थ वाहिर निकाल्नका लागि बिहान एक गिलास पानी पिउनुपर्छ । बिहान उठ्नसाथ चिया पिउँदा रक्त विकार बढ्छ । रगतमा टक्सिन बढ्नुको अर्थ हो, कलेजो, फोक्सो, मृगौलामा टक्सिनको कारण खतरा बढ्न सक्छ ।

मुखको स्वस्थ्यका लागि ठीक हुन्न

जब बिहान उठेपछि मुख सफा नगरी चिया पिउनुहुन्छ, मुखमा रहेको व्याक्टेरिया चिनीको सम्पर्कमा आउँछ । यसले मुखमा एसिड लेवल बढाउँछ । यसले दाँतको प्राकृतिक इनामेल र बाहिरी आवरण खराब गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment