+
+
Shares

प्रचण्डले आज बालुवाटार छाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १०:३२

२४ जेठ, काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् ।

गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा हुने देउवाको सपथग्रहण कार्यक्रममा सहभागी भएर प्रचण्ड उतैबाट लाजिम्पाटस्थित निजी निवासमा जानेछन् । प्रचण्डको प्रेस सहयोगी मनहरी तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘शितलनिवासमा देउवा जीलाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गरेर उतैबाट लाजिम्पाट जाने कुरा छ ।’

नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथग्रहण कार्यक्रम आज दिउँसो पौने २ बजे शितल निवासमा आयोजना गरिएको छ ।

बालुवाटार छाड्नु अघि नै बुझबुझारथ गरिसकेको तिमल्सिनाले जानकारी दिए । ‘हामी बालुवाटार आउँदा खासै सामानहरु ल्याएका थिएनौं । जे जति बुझाउनु पर्ने हो सबै कर्मचारीहरुलाई बुझाइसकेका छौं । केही निजी सामान लाजिम्पाट सारिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?