+
+
Shares

जन्मेलगत्तै बच्चा हिँड्न थालेपछि…(भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २६ गते ११:४७

सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ ।

फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ ।

अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य मानेर चिच्याइरहेकी छिन् । आफुले नुहाइदिन थालेको बेला बच्ची हिड्नको लागि उठेको उनले बताएकी छिन् ।

‘यदि तपाइँले यसरी जन्मिदा बित्तिकै बच्चा हिँड्यो भनेर भन्नुभयो भने कसैले पत्याउने छैन । तर जब आफ्नै आँखाले देख्नुहुन्छ तब पत्याउन बाध्य हुनुहुन्छ ।’ उनले भनेकी छिन् ।

गत मे २६ मा सोसल मिडियामा अपलोड गरिएको उक्त भिडियो दक्षिण ब्राजिलको सान्टा क्रुज अस्पतालमा खिचिएको हो ।
एजेन्सी

भिडियो हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?