Comments Add Comment

मधुमेहको असामन्य लक्षणः जसलाई नजरअन्दाज नगरौं

मधुमेह अहिले आम समस्याको रुपमा देखा परेको छ । यसको लक्षण पनि यति आम भएको छ कि, जो कोहिलाई पनि शंका लाग्न सक्छ, कतै मलाई मधुमेह त भएको छैन ?

मधुमेहको केहि विशेष लक्षण हुन्छ । जस्तो कि, अधिक तिर्खा लाग्नु । पटक-पटक पिसाब लाग्नु । धेरै भोक लाग्नु । अकारण तौल घट्नु ।

यद्यपी अन्य अवस्थामा पनि यस्तो हुनसक्छ । त्यसैले धेरै तिर्खा लाग्दैमा, धेरै पटक पिसाब लाग्दैमा मधुमेह नै हो भनेर ठोकुवा गर्न सकिदैन । तर, कतिपय अवस्थामा यस्ता संकेतले मधुमेहको जनाउ दिन्छ ।

मधुमेहको अन्य सामन्य लक्षणसँगै केहि असामान्य लक्षण छन्, जसबारे मानिसलाई जानकारी नहुन सक्छ ।

१. छालाको रंग बद्लिनु

धेरैलाई थाहा छैन, छालाको रंग बद्लिएमा पनि मधुमेहको संकेत हुनसक्छ । खासगरी कम्मर, कुहिना, खुट्टामा असामन्य रंग देखिए पनि मधुमेह हुन सक्छ । चिकित्सकका अनुसार इन्सुलिनको उच्च मात्रा कोशिकामा वृद्धि हुन्छ, जसले छालामा कालो एवं चर्किएको धब्बा देखिनेछ ।

२. आँखाको दृष्टि बढ्नु

सामन्यत मधुमेहमा आँखाको दृष्टि कमजोर हुँदै जान्छ । तर, कहिले कहि त्यसको ठीक विपरित आँखाको दृष्टि बढ्न सक्छ । किनभने शरीरमा तरल पदार्थ बढ्छ र त्यो आँखाको आसपास जम्मा हुन्छ । यसैको कारण आँखाको दृष्टि बढ्छ । जब मधुमेहको उपचार गरिन्छ, फेरी आँखाको चस्मा लगाउनुपर्ने अवस्था आउँछ । आँखाको दृष्टिमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श लिनैपर्छ ।

३. चिलाउने

जुन व्यक्तिमा मधुमेह सुरु हुन्छ, उनीहरुको हत्केला, खुट्टाको तल्लो भाग, तालु आदि चिलाउन थाल्छ । मधुमेहको प्रभाव छालाको रक्त संचारमा हुन्छ, जसले चिलाउने समस्या हुन्छ ।

४. श्रवण शक्तिमा समस्या

उमेर बढेसँगै श्रवण शक्ति कमजोर हुँदै जान्छ, जो सामन्य हो । तर, मधुमेहको सुरुवाती लक्षणमा पनि श्रवण शक्ति कमजोर हुन्छ । मधुमेहले कानमा क्षति पुर्‍याउँछ, जसले सुन्नमा समस्या हुन्छ । एक अध्ययन अनुसार मधुमेहका ३० प्रतिशतसम्म रोगीमा श्रवण शक्ति कमजोर हुने भय हुन्छ ।

५. यौन जीवन

मधुमेहको कारण पुरुष र महिलाको यौन उत्तेजनामा कमी आउँछ । पुरुषमा मधुमेहको मात्रा लामो समयसम्म अनियन्त्रित रह्यो भने लिंगमा समस्या हुन्छ । त्यस्तै महिलाको योनीद्वार सुख्खा हुन्छ । रगतमा बढेको सुगरको मात्राले नसामा विपरित परिणाम दिन्छ, जसले उनीहरुको यौन जीवनमा कमी आउँछ ।

६. निन्द्रामा समस्या

निन्द्रासँग जोडिएको समस्याको कारण तनाव उत्पन्न गर्ने हर्मोन्स रिलिज हुन्छ, जसले ब्लडमा सुगरको स्तर बढाउँछ । चिकित्सकको अनुसार टाइप २ मधुमेहको रोगीलाई निन्द्राको समस्याले सास लिन गाह्रो हुन्छ । रातको समयमा शुगरको मात्रामा कमी आउनाले पसिना आउने, बेचैन हुने समस्या हुन्छ ।

७. थकान

सामन्यत शारीरिक तथा मानसिक बोझले थकान महशुस हुन्छ । तर, कुनै विना करण तपाईलाई थकाई लाग्छ भने त्यो मधुमेहको संकेत हो । हामी जे आहार लिन्छौ, त्यो उर्जा हाम्रो कोशिकासम्म पुग्दैन यदि हामीलाई मधुमेह छ भने । त्यही कारण शरीरमा आवश्यक उर्जा मिल्दैन र अकारण थाकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment