+
+
Shares

राजनले ल्याए ‘बिन्दुमा सिन्धु’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १२:३४

काठमाडौं । राजन पनेरुको पहिलो लघुकथासङ्ग्रह ‘बिन्दुमा सिन्धु’ सार्वजनिक भएको छ ।

लघुकथा समाज नेपालको आयोजनामा राजधानीमा भएको कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, मञ्जु काँचुली, डा. रवीन्द्र समीर, नेपालमा लघुकथा विधामा पहिलो विद्यावारिधि गर्ने पुष्करराज भट्ट लगायतले कृति लोकार्पण गरे ।

भट्टले राजनका लघुकथामा सामाजिक विविधता र मानवीय संवेदना उच्च रहेको टिप्पणी गरे । यस्तै, डा. समीरले राजनका लघुकथामा समाजका विविध क्षेत्रमा रहेका विकृति र द्वैध चरित्रमाथि तीव्र व्यङ्ग्य गरिएको बताए ।

अर्का वक्ता साहित्यकार रोदनले बिन्दुमा सिन्धु परिष्कृत लघुकथाहरुको संग्रह भएको उल्लेख गरे ।

कार्यक्रममा मञ्जु काँचुली, डा. रामहरि ढकाल लगायतले पनि मन्तव्य राखेका थिए ।

कविडाँडा साहित्य समाज, चितवनले प्रकाशन गरेको ‘बिन्दुमा सिन्धु’ भित्र ७४ वटा लघुकथा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?