+
+

बिषालु च्याउ खाँदा पाल्पामा दुईको मृत्यु

रासस रासस
२०७४ जेठ ३० गते ९:४५
विषालु च्याउ

३०जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।

आइतवार राति ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी हुनुभएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ ।

यसअघि, अर्को घटनामा जङ्गली च्याउ सेवनकै कारण रामपुर नगरपालिका–३ गैलुकमा एक हप्ता अघि पाँचजनाको मृत्यु भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?