Comments Add Comment

बिराटनगरलाई प्रदेशको राजधानी बनाउने भन्दै एमालेले थाल्यो घरदैलो

३१ जेठ, बिराटनगर । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले उम्मेदवार तय गर्न नसकेको अवस्थामा एमालेले मतदाताको घरदैलोमा पुग्ने अभियान तीब्र पारेको छ ।

बिराटनगर महानगरपालिमा एमालेका मेयर उम्मेदवार बिनोद ढकालले घरदैलो अभियान अघि बढाएका हुन् । चार दिनअघि एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारमा जिल्ला अध्यक्ष विनोद ढकाललाई बनाउने निर्णय गरेको थियो ।

ढकालले बिराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने भन्दै यहाँका मतदातालाई आकर्षित गर्ने योजना अघि सारेका छन् । मोति दुगड, राज्यलक्ष्मी गोल्छालगायतका मारवाडी समुदायका व्यवसायीले ढकालको चुनावी अभियानमा साथ दिएका छन् ।

के छन् एमालेका एजेण्डा ?

एमालेले घरदैलो अभियानमा बिराटनगरको आधार आर्थिक र समुन्त विराटनगर भन्ने नारालाई घर दैलो अभियानमा आफनो मुख्य नारा बनाएको देखिन्छ । एमालेका तर्फवाट मेयरका उम्मेदवार वनेका जिल्ला अध्यक्ष ढकालले बिराटनगरलाई विकसित र समुन्नत नगर बनाउने वाचा गरेका छन् ।

उनले बिराटनगरलाई स्मार्ट सिटी निर्माण गर्नेदेखि स्वच्छ, सफा, हराभरा, प्रदुषणरहित सुन्दर नगर निमार्णमा लाग्ने बताएका छन् ।

ढकालले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने, चक्रपथको कामलाई समयमै निर्माण सम्पन्न गर्ने, विषेश आर्थिक क्षेत्र सेजको निर्माण र औद्योगिक प्रदर्शनस्थल बनाउने बाचा गरेका छन् ।

ढकालले विराटनगरका लक्षित वर्ग दलित र सुकुम्वासीहरुका लागि एकीकृत वस्ती निर्माण गर्ने बताएका छन् । नगरभित्र पछाडि पारिएका मुसहर, डुम लगायतका विपन्न वर्गका लागि प्याकेज कार्यक्रम ल्याउने आश्वासन उनले दिएका छन् ।

ढकालले दुई वर्षभित्र विराटनगरका उद्योगीले माग गर्दै आएको विशाल औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माण गर्ने योजनाको सुरुवात हुने बताएका छन् ।

ढकालले भने– शहरी योजना बनाएर दिगो शहरी विकास, कोशी मेडिकल कलेज र स्पोर्टस् भिलेज निर्माण पहिलो प्राथमिकता हुनेछ ।

विद्यालय जान नपाएका बालबालिकाका लागि विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्ने एमालेको योजना छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सुविधा देखि घर–घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने योजना ल्याइने ढकालले बताएका छन् ।

मुस्लिम तथा मधेशी समुदायका लागि विशेष कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख गरेका ढकालले मुस्लिमका मदरसाहरुलाई विशेष राहत र प्याकेज दिइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment