Comments Add Comment

आईएमईले स्थापनाको १७औं वार्षिकोत्सव मनायो


३१ जेठ, काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औं वाषिर्कोत्सव ‘१७ औं वाषिर्कोत्सव नयाँ प्रविधिको’ भन्ने मूलनाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनायो ।

वाषिर्कोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भाग लिन जेनेभा प्रस्थान गरेकाले भिडियोमार्फत आएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

वाषिर्कोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्कीड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।

विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरे ।

आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आˆनो टीमलाई कामगर्ने थपउर्जा मिलेको बताए ।

१७औँ वाषिर्कोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment