Comments Add Comment

नेपाली मुलकी अस्मिता आले इंग्ल्यान्डको यू-१९ टिममा

१६ असोज, काठमाडौं । अस्मिता आले मगर इंग्ल्यान्डको यू-१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन् ।

युइएफए वुमन्स यू-१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्यान्डको टिममा नेपाली मुलकी अस्मिता परिन् तर छनोटको पहिलो खेलमा साइप्रसविरुद्ध खेल्न भने पाइनन् ।

पहिलो पटक इंग्ल्यान्डको टिममा परेकी १७ वर्षीय अस्मिता एस्टन भिल्लाबाट खेल्दै आएकी छिन् । पहिलो खेलमा बेन्चमै विताएपनि अस्मिताको टिम इंग्ल्यान्डले साइप्रसलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो ।

अब इंग्ल्यान्डले बेलारुस र सर्वीयासँग खेल्न बाँकी रहेको छ । यो दुबै खेलमा अस्मिताले खेल्न पाउने अपेक्षा गरिएको छ । डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन् । तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment