+
+

विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते ६:१३

१ असार, काठमाडौं । मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् ।

विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, समाजकल्याण, स्वास्थ्यलगायत मन्त्रालयबाट मन्त्रीहरुले आफ्ना कार्यकर्ता र नातेदारको उपचारमा आर्थिक सहयोग गरेका फाइल विभागको विपन्न औषधोपचार कोषको सचिवालयमा चाङ लागेका छन् ।

ती फाइलमा बिरामीको उपचारका लागि १५ लाखदेखि ५० लाखसम्मको आर्थिक सहयोग गर्न सरकारसँग माग गरिएको छ ।

त्यो पनि अधिकांश फाइलमा नेपालबाहिर गएर उपचार गर्नुपर्ने भनिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?