Comments Add Comment

प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय

तीन पटक सर्‍यो चुनाव, राजपा आउने ग्यारेन्टी छैन

१ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो ।

यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ ।

यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो ।

तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ ।

तीन पटक सर्‍यो चुनाव, राजपा आउने ग्यारेन्टी छैन

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनाव सहभागी गराउन भन्दै पटकपटक चुनाव सारेको छ ।

[sam_list] प्रचण्ड नेतृत्वको सरकारले सुरुमा बैशाख ३१ गते देशभर चुनाव गर्ने निर्णय भएको थियो । तर, राजपाको सहमतिमा बैशाख दोस्रो साता वैशाख ३१ र जेठ ३१ गरेर दुई चरणमा चुनाव गर्ने निर्णय भयो । राजपा सहभागी नहुने भएपछि सरकारले जेठ ३१ को चुनावलाई असार ९ हुँदै १४ लाई सर्‍यो ।

तर, उसले चुनाव विथाल्ने आम हड्तालसहित आन्दोलन थालेपछि सरकारले फेरि चुनाव सारेको छ । राजपाले अहिले पनि चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

राजपाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिको माग राखेको छ ।

सरकारले भने अब राजपा चुनावाम आउने दाबी गरेको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजपा असार १४ कै चुनावमा आउने दाबी गरेका छन् ।

विपक्षी आक्रोसित

चुनाव सार्ने निर्णयप्रति प्रमुख विपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ । सरकारको निर्णयबाट मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको एमालेको दाबी छ ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै ठोस कारण र औचित्यबिना निर्वाचन सारेर सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ ।’

सरकारलाई समर्थन गरेको राप्रपाले पनि चुनाव सार्ने निर्णयको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment