Comments Add Comment

राजपा कार्यकर्ताले देखाए उपेन्द्र यादवलाई कालो झण्डा

१ असार, बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा कालो झण्डा देखाएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन बिराटनगर आएका यादवलाई राजपा कार्यकर्ताले जलजला चोकमा कालो झण्डा देखाएका हुन् ।

मधेसको माग छाडेर मधेसीहरुमाथि गद्दारी गरेको आरोपमा नाराबाजी गर्दै राजपाका केही कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाएका थिए ।

जलजला चोकस्थित धाडेवा कम्प्लेक्समा भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भैरहेका बेला पनि राजपा कार्यकर्ताले कालो झण्डा देखाएका थिए । सो स्थानबाट प्रहरीले राजपा कार्यकर्ताहरुलाई तितरबितर पारेको थियो ।

तीन दिनयता यादव बिराटनगरस्थित आफ्नो निवासमा वस्दै आएका थिए । बिराटनगर महानगरपालिकामा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलका विषयमा पनि उनले छलफल चलाएको बुझिएको छ । अध्यक्ष यादव बिहीबार अपराह्न काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment