Comments Add Comment

युवतीले कानमा लगाएको सुन लुट्ने समातिए

२ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ स्थित सांग्रिला स्कुल नजिक एक युवतीले कानमा लगाएको सुन लुट्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर बस्ने दोलखाको मेलुङ गाउँपालिकाकी १९ वर्षीय अमृता मगरले कानमा लगाएको मुन्द्रा लटेर भाग्ने क्रममा उदयपुर बेलटार घर भई गोकर्णेश्वर-८ बस्ने ३४ वर्षीय मनि विकलाई प्रहरीले पक्राउ गरेको हो ।

क्रममा सडकमा हिँडिरहेको अवस्थामा मगरले कानमा लगाएको एक तोला सुनको २ वटा मुन्द्रा लुटेर विक भाग्न लागेका थिए । नजिकै गस्तीमा रहेको प्रहरीले विकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यसैबीच चितनमा खुनडाँका मुद्दामा फरार रहेका गुल्मी रुरु नगरपालिका २ बस्ने २० वर्षका सितल सुनार भन्ने झकबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-३ नारायणगढबाट सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनारले भरतपुर महानगरपालिका-२५ स्थित साहुनी महतोको घरमा गत जेठ ५ गते गंगासागर महतोलाई पेस्तोलले तथा साहुनी महतो र रामकुमारी महतोलाई फलामे हथौडा समेत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घरको नगद, सुनका गहना लगायतका धनमाल लुटी भागेका थिए । गम्भीर घाइते भएका गंगासागर महतोको उपचारको क्रममा मृत्यु भएको थियो ।

यता भक्तपुरको नाल्हुम-८ बस्ने ६३ वर्षीय पदमबहादुर तामाङलाई उनकै घरमा ४ वटा चामल हाल्ने बोरामा लुकाई छिपाई राखेको करीव १० किलो लागूऔषध गाँजासहित महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग नगरकोटको प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment