Comments Add Comment

एमालेले टुंग्यायो १ नम्बर प्रदेशका उम्मेदवार (सूचीसहित)

मोरङका केही स्थानीय तहमा टुंगो लाग्न बाँकी

 

२ असार, काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशका प्रायः सबै उम्मेवारहरुको टुंगो लगाएको छ । मोरङ जिल्लाका केही स्थानीय तहमा भने विवादका कारण उम्मदेवारको टुंगो लाग्न सकेको छैन ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवाको टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

गाउँपालिका तथा नगरपालिकाहरुको उम्मदेवारी १ नम्बर प्रदेश कमिटीले टुंग्याएको भट्टराईले बताए ।

त्यसैगरी उपमहानगर र महानगरपालिकाको उम्मदेवारी स्थायी कमिटीबाट निर्णय भएअनुसार तय भएको एमाले सचिव भट्टराईले बताए ।

बिराटनगर उपमहानगरपालिकाको उपमेयरमा भने एमालेले उम्मदेवार तय गरेको छैन । अन्य दलसँग तालमेलका लागि मेयरमा मात्रै उम्मदेवार घोषणा गरिएको एमाले नेताहरुको भनाइ छ ।

बिराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिकाका रुपमा रहेको सुन्दर हरैंचामा एमालेले उम्मदेवार टुंगो लगाएको छैन । त्यहाँ माधव नेपाल पक्षले राजकुमार ओझालाई मेयरमा उठाउन चाहेको छ भने केपी ओली पक्षबाट केदार गुरागाईको नाम अगाडि सारिएको छ ।

एमालेले बेलबारी नगरपालिकामा पनि उम्मदेवारको टुंगो लगाएको छैन । त्यस्तै मोरङ बुढीगंगा गाउँपालिकामा पनि उम्मदेवारको टुंगो लगाउन बाँकी छ ।

प्रदेश नं १ का १४ जिल्लामा एमालेका उम्मेदवारहरु यस्ता छन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment