Comments Add Comment

बीरगञ्जमा बन्दको अवज्ञा, यातायात र बजार खुले

फाइल तस्वीर

२ असार, वीरगन्ज । राष्ट्रिय जनता पार्टी, नेपालले आहृवान गरेको बन्दको बीरगञ्जका व्यापारीहरुले अवज्ञा गरेका छन् । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुलेका छन् ।

बन्द हड्तालले आजित भएका व्यवसायीहरुले बजार खोलेका छन् भने यातायात व्यवसायीहरुले सवारी साधन पनि सन्चालनमा ल्याएका छन् ।

बन्दको चौथो तथा अन्तिम दिन शुक्रबार बिहान पानी परेका कारण बीरगन्जका सडकमा आन्दोलनकारीहरु देखा परेका थिएनन् । तर पानी पर्न रोकिएपछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउसलगायतका केहि स्थानमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जनता पार्टीका नेता शिव पटेलले भने बन्द फिर्ता नभएको बताउँदै पानी परेकाले कार्यकर्ता सडकमा नदेखिनु स्वभाविक भएको बताए । आन्दोलनकै क्रममा प्रदर्शनकारीले दिउँसो २ बजे वीरगन्जमा लाठी जुलुस प्रदर्शन भने गरेका छन् ।

राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको निर्वाचन तेस्रो चरणमा पनि गर्ने सरकारको निर्णयसमेत मान्य नहुने अडान राख्दै आन्दोलन फिर्ता नहुने पनि स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment