३ असार, रामेछाप । जिल्लाको लिखु गाउँपालिका–३ को काङ्वामा शनिबार अपरान्ह ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
घटनामा ट्याक्टर चालक ३६ वर्षीय गणेश तामाङ र सहचालक सिंहबहादुर तामाङको मृत्यु भएको हो ।
ज १ त ८३०५ नं को सो ट्याक्टर घर बनाउने ढुङ्गा बोकेर आइरहेका बेला सडकबाट तल खसेको थियो ।
दुर्घटनामा परि दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटना शनिबार अपरान्ह ४ः३० बजेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4