Comments Add Comment

रोल्पाको थवाङमा माओवादी केन्द्रका २ उम्मेदवार निर्विरोध


५ असार, लिवाङ । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् । थवाङ गाउँपालिकाको वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएकाे र  चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको अाैपचारिक घाेषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिए ।

थवाङमा गाउँपालिकामा कांग्रेस र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव लडेका छन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव समूहका अमित घर्ती र उपाध्यक्षमा कांग्रेसकी श्रीकुमारी रोका उम्मेदवार छिन् ।

थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्ष तथा माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ अध्यक्ष र रामकिरणी रोकामगर उपाध्यक्षको उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment