Comments Add Comment

कार्यकर्ता हत्याविरुद्ध बाजुरामा एमालेको आन्दोलन, कांग्रेस उम्मेदवार छुटे

६ असार, बाजुरा । कार्यकर्ता हत्याको विरोधमा नेकपा एमालेले बाजुरा जिल्ला बन्द आह्वान गर्दै आन्दोलनको घोषणा गरेको छ ।

स्थानीय चुनावको क्रममा उम्मेदवार मनोनयन गर्ने दिन छेडेदह गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा हंश रावतको मृत्यु भएको थियो । उनी एमाले कार्यकर्ता हुन् ।

घटनालगतै किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले कारवाही नगरेकोले आन्दोलन गर्नुपरेको बाजुराका एमाले सांसद कर्णवहादुर थापाले बताए । एमालेले घटनाको छानविन र दोषीमाथि कारवाही नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।

प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । छानविनका क्रममा छेडेदह गाउँपालिकाका कांग्रेसका अध्यक्ष उम्मेदवार नरबहादुर रावतसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । रावतलाई सोधुपछ गरेर छाडिएको बाजुराका डीएसपी दलवहादुर बोहोराले जानकारी दिएका छन् । देवबहादुर राउत भने अझै प्रहरी नियन्त्रणमा छन् ।

उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई दर्जनभन्दा बढि घाइते भएको थिए । उपचारका लागि लैजाने क्रममा ५४ वर्षीय हंश रावतको मृत्यु भएको उनले बताए ।

उम्मेदवार पक्राउको बिरोधमा कांग्रेसले जिल्ला प्रशासनमा ज्ञापनत्र बुझाउँदै रिहाईको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment