Comments Add Comment

ओलीको हुँकार-म्यादी सरकारमा रुची छैन, बहुमत ल्याएर ५ वर्ष चलाउछौं

'झापाको विकास गर्न मैदानमा आएँ, बजेटको चिन्ता नगर्नुस्'

७ असार, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले म्यादी सरकारमा जान इच्छुक नभएको बताएका छन् । संघीय संसदको चुनावमा बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने उनको दाबी छ ।

झापाको अर्जुनधारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले अहिलेका म्यादी सरकारमा जाने वा म्यादी सरकार चलाउन जाँदैन । हामी अबको प्रदेश र संसदको चुनावमा बहुमत ल्याएर जनताको आदेश अनुसार सरकार संचालन गर्छौं । हामीलाई म्यादी सरकारको मोह छैन ।’

ओलीले युवा पुस्ताले स्थानीय चुनावसहित अबका तीन ओटै चुनावमा एमालेलाई साथ दिएमा उनीहरुको भविष्य एमालेले निर्माण गर्ने दाबी गरे । उनले भने, ‘जवानीमा एमालेलाई साथ दिनुस्, बुढेशकालमा त एमाले छँदैछ । एमालेले सरकार बनायो भने ६० वर्षमाथिका बुढाबुढीलाई मार्छ भनेर कांग्रेसले भ्रम छर्दा हामीले बृद्धभत्ता दिएर सम्मान गरेका हौं । अब युवाले पनि अहिले साथ दिनुस्, तपाईहरुको भविष्य एमालेले बनाउनेछ ।’

ओलीले कमल गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महिलालाई नेतृत्व सुम्पिन आह्वान गरे । कमल गाउँपालिकाबाट एमालेकी मेनका काफ्ले अध्यक्षको उम्मेदवार छिन् ।

पार्टी उम्मेदवारलाई भोट माग्दै ओलीले झापाको विकासका लागि आफूले अगुवाई गर्ने बताए । ‘बजेटको चिन्ता नगर्नुस्, झापाका सबै ठाउँको विकासको नेतृत्व म गर्छु । केपी ओली मैदानमा आएपछि अरु चिन्ता नगर्नुस्’ पूर्व प्रधानमन्त्री ओलीले भनेका छन् ।

ओलीले बुधबार अर्जुनधारा, शिव शतासी, कमल गाउँपालिकाका सभालाई सम्बोधन गर्दै मेचीनगर र विर्तामोडका कार्यक्रममा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment